मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री थापा
काठमाडाैं, मंसिर २४ : गृहमन्त्री रामबहादुर थापाले देशमा शान्तिसुरक्षा कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।
७१ औं अन्तर्र....

काठमाडाैं, मंसिर २४ : गृहमन्त्री रामबहादुर थापाले देशमा शान्तिसुरक्षा कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।
७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले नागरिकको स्वतन्त्रता, मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकार प्रतिबद्ध रहेकाले सबैलाई सहयोग गर्न आग्रह गरेका हुन्।
“नेपाल ‘समृद्ध नेपाल : सुखी नेपाली’को अभियानमा छ, मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ,” उनले भने। गृहमन्त्री थापाले मानव अधिकार आयोगले कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेर पठाएका निर्णयहरु केही कार्यान्वयन गरेको र केही कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।
गृहमन्त्री थापाले सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन ऐन संशोधनको अन्तिम तयारीमा रहेको र छिट्टै ऐन संशोधन हुने बताए।
आयोगका अध्यक्ष अनुपराज शर्माले बाल विवाह, महिला हिंसा, मानव बेचबिखन यथावत रहेको, पीडितहरूको न्यायमा पहुँच, सरल, सहज र सुरक्षित हुन नसकेको र समाजमा जातीय भेदभाव विद्यमान रहिरहेको बताए।
आयोगले स्वास्थ्य सेवामा सबैको पहुँच नभएकाले नै संविधान प्रदत्त मौलिक हक अझै सहजरूपमा नागरिकले उपभोग गर्न नसकेको, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, ज्येष्ठ नागरिक, लैङ्गिक अल्पसङ्ख्यकलगायतका तप्कालाई राज्यले विशेष ध्यान दिन नसकेको आयोगले जनाएको छ।











