बक्सिङ सनिल शाहीले जिते स्वर्ण
काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा सनिल शाहीले स्वर्ण पदक जितेका छन्।
मंगलबार लगनखेलस्थित न....

काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा सनिल शाहीले स्वर्ण पदक जितेका छन्।
मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतिस्पर्धामा सनिलले स्वर्ण पदक जितेका हुन्। ६० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सनिलले स्वर्ण पदक जित्ने क्रममा भारतले भिरेन्दर सिंहलाई पराजित गरेका थिए।
योसँगै नेपालले जारी सागमा ५० औं स्वर्ण पदक हात पारेको छ।
प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार