Kathmandu Press

चार परियोजनाका लागि एडीबीको ३५ करोड ऋण सहयोग

काठमाडौं, मंसिर २४ : एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई ऋण सहयोग गरेको छ।

एडीबीले चार परियोजना निर्माणका लागि ३५ करोड ८० लाख (३५८ म....

चार परियोजनाका लागि एडीबीको ३५ करोड ऋण सहयोग

काठमाडौं, मंसिर २४ : एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई ऋण सहयोग गरेको छ।

एडीबीले चार परियोजना निर्माणका लागि ३५ करोड ८० लाख (३५८ मिलियन) ऋण सहयोग गरेको हो।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सचिव राजन खनाल र नेपालको लागि कन्ट्री डाइरेक्टर मुख्टोर खमुदखनोबले ऋण सहयोग पत्रमा हस्ताक्षर गरेका छन्।

एडिबीले पोखरा–मुग्लिन सडकखण्ड मर्मतको लागि एक करोड ९५ लाख (१९५ मिलियन), बाग्मती नदीमा बाढी नियन्त्रण र सरसफाईको लागि ६३ लाख (६३ मिलियन), साना किसानको आय स्रोत र जीवनस्तर उकास्न ५० लाख (५० मिलियन) र खाद्य सुरक्षा र कृषिस्तर उन्नतिको लागि (५० लाख) ५० मिलियन ऋण दिएको हो।

एडिबीले नेपालको आर्थिक, भौतिक पूर्वाधार, कृषी, ग्रामिण विकासलगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ।

एडीबीको आर्थिक सहयोग विकाशका लागि निकै महत्वपूर्ण रहेको सचिव राजन खनालले जानकारी दिए।

पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पोखरादेखि अबुखैरेनीसम्मका् ८१ मिटर बाटो चार लेनको हुनेछ।

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, मंसिर २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्