गायक कमल खत्रीले गरे गायिका मेलिना मैनालीसँग विवाह

काठमाडाैं : गायक तथा संगीतकार कमल खत्री गायिका मेलिना मैनालीसँग वैवाहिक जीवनमा बाँधिएका छन् उनले आइतबार बडादशैंको फूलपातीको दिनको अवसरमा विवाह गरेका हुन्।
दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने घोषणा गरेका छन्।
‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं । सबैमा विजया दशमीको शुभकामना,’ कमलले फेसबुकमा लेखेका छन्।
उनले आफ्नो वैवाहिक कार्यक्रमको भिडियो समेत युट्युबमा सार्वजनिक गरेका छन् ।
मेलिना भ्वाइस अफ नेपालको तेस्रो सिजनबाट चर्चामा आएकी हुन् ।
प्रकाशित मिति: १६:५४ बजे, आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












