Kathmandu Press

टिकट काट्न रंगशाला पुगेका दर्शकमाथि प्रहरीको लाठीचार्ज

काठमाडौं, मंसिर २४ : नेपाल र भुटानबीच हुने पुरुष फुटबलको फाइनल खेलका लागि टिकट काट्न गएका दर्शकमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ।

फाइनल ख....

टिकट काट्न रंगशाला पुगेका दर्शकमाथि प्रहरीको लाठीचार्ज

काठमाडौं, मंसिर २४ : नेपाल र भुटानबीच हुने पुरुष फुटबलको फाइनल खेलका लागि टिकट काट्न गएका दर्शकमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ।

फाइनल खेलका लागि राष्ट्रिय खेलुकद परिषद्ले आठ हजार टिकटमात्रै बिक्रीका लागि राखेको थियो। ति सबै टिकट सोमबार नै बिक्री भएका थिए।

मंगलबार टिकट काट्नका लागि दशरथ रंगशाला पुगेका दर्शकलाई प्रहरीले टिकट छैन भन्दै धकेलाधकेल गरेको थियो। दर्शक र प्रहरीबीच धकेलाधकेल भएपछि लाठी चार्ज गरेको हो।

प्रहरी टोलीले केही युवकलाई घेरा हालेर निर्घात कुटपिट गरेको छ। प्रहरीले समातेर लात्तीले हिर्काएकाे छ।

प्रहरीको लाठी चार्जबाट केही दर्शक घाइते भएका छन्।

त्यस्तै, कुटपिट गरिरहेको फोटो खिचेको भन्दै नागरिक दैनिकका पत्रकार सुमन चापागाईलाई पनि कुटपिट गरेको छ। उनको उपचार भइरहेको छ।

प्रकाशित मिति: १२:५० बजे, मंगलबार, मंसिर २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्