Kathmandu Press

फाइनलमा नेपाल-भुटान भिड्दै, सबै टिकट बिक्री

काठमाडौं, मंसिर २४ : १३औं दक्षिण एशियाली खेलुकद (साग) प्रतियोगिताअन्तर्गत आज नेपाल–भुटान पुरुष फुटबलको फाइनलमा भिड्दै छन्। यसका लागि सबै टिकट बि....

फाइनलमा नेपाल-भुटान भिड्दै, सबै टिकट बिक्री

काठमाडौं, मंसिर २४ : १३औं दक्षिण एशियाली खेलुकद (साग) प्रतियोगिताअन्तर्गत आज नेपाल–भुटान पुरुष फुटबलको फाइनलमा भिड्दै छन्। यसका लागि सबै टिकट बिक्री भइसकेका छन्।

नेपालले समूहचरणमा भुटानविरुद्ध सनसनिपूर्ण प्रदर्शन गरेको थियो। अझ लिगमा नै अन्य टिमभन्दा राम्रो ४–० को नतिजा निकालेको थियो।

भुटान भने नेपालबाहेक अन्य सबै टिमविरुद्ध अप्रत्याशित र सनसनिपूर्ण प्रदर्शन गर्दै फाइनल पुगेको छ।

आज हुने फाइनल नेपालका लागि भुटानविरुद्ध समूहचरण दोहो¥याउने अर्को अवसर हुनेछ। तर, आत्माविश्वासी भुटान भने नेपाललाई घरेलु मैदानमै हराएर सनसनि मच्चाउने धुनमा रहेको छ।

भुटान जारी सागमा स्वर्णविहीन छ। त्यसैले पनि उसले सागको सबै गोलमोटोल र एकमुस्ट उपलब्धिका लागि फुटबलको फाइनल रोजेको छ।

फाइनलमा पुगेर नै एउटा इतिहास बनाएको भुटानका लागि अर्को इतिहास सहज छैन्। तर, असम्भव पनि होइन्।

सन् १९९३ मा सागमा फुटबलतर्फ स्वर्ण पदक दिलाउने नेपाली टिमका चार सदस्य अहिले प्रशिक्षकको जिम्मेवारीमा छन्। त्यसैले त उनीहरु पुनः आफ्नो पालाको खुशीका लागि सघर्षरत छन्।

भूकम्पपछि पहिलो पटक दशरथ रंगशालामा ठुलो प्रतियोगिताको फाइनल हुँदै छ। भुटानले पछिल्लो समय दक्षिण एसियाली फुटबलमा उदाउँदो शक्तिको रुपमा अगाडि बढ्दै ‘अन्डर डग’को छवि बनाएको छ।

यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक आयोजक नेपालबाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्नेर इतिहास बनाएकाले पनि यो खेल नेपालभन्दा बढी अर्थपूर्ण भुटानका लागि छ।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले चार पटक तथा नेपाल र भारतले तीन÷तीन पटक जितेका छन्। त्यस्तै बंगलादशले दुई पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधिविहीन छन्।

आज अपराह्न ३ बजे दशरथ रंगशालामा नेपाल र भूटान स्वर्ण पदकका लागि भिड्नेछन्। यसका लागि भने आज दर्शकले टिकट पाउने छैनन्। फाइनल खेलका लागि राष्ट्रिय खेलकुद परिषदले आठ हजार टिकट बिक्री गर्ने तय गरेको थियो। ति सबै टिकट सोमबार नै बिक्री भइसकेका छन्।

दशरथ रंगशालाको क्षमता १६ हजार हो। तर, समापन समारोह पनि हुने भएकाले बाँकी सिट खेलाडी, अफिसियल, भीआईपी तथा अन्य आमन्त्रित पाहुनाका लागि छुट्याएको छ।

प्रकाशित मिति: १२:३५ बजे, मंगलबार, मंसिर २४, २०७६