१३औं सागको अन्तिम दिन १७ स्वर्णको टुंगो लाग्दै
काठमाडौं, मंसिर २४ : आज १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोह आज हुँदैछ ।
खेल तालिका अनुसार आज अन्तिम दिन चार खेलमा प्रतिस्....

काठमाडौं, मंसिर २४ : आज १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोह आज हुँदैछ ।
खेल तालिका अनुसार आज अन्तिम दिन चार खेलमा प्रतिस्पर्धा हुँदैछ । दिउँसो ३ बजे नेपाल र भुटानबीच दशरथ रंगशालामा पुरुष फुटबलको फाइनल खेल हुनेछ । यस्तै जुडोमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने बास्केटबलको पुरुष र महिलाको स्वर्णका लागि पनि आजै खेल हुनेछ ।
त्यसैगरी बक्सिङतर्फ ८ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। जसमा नेपालका ५ बक्सरले स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन् । यस्तै आजै बास्केटबलको पुरुष र महिलाको स्वर्णका लागि खेल हुनेछ।
समापनको अन्तिम दिनसम्म आइपुग्दा नेपाल ४९ स्वर्णसहित तालिकाको दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: ०७:४२ बजे, मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











