साग समापन समारोहमा प्रधानमन्त्रीको विशेष सम्बोधन
काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री केपी ओलीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) समापनको अवसर पारेर विशेष सम्बोधन गर्ने भएका छन् ।
<....
काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री केपी ओलीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) समापनको अवसर पारेर विशेष सम्बोधन गर्ने भएका छन् ।
अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उहाँले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।
सोमबार साँझ राखेप सदस्य सचिव शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसक्ने भएकाले प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्ने सदस्य सचिव रमेश शिलवालले जानकारी दिए।
यस्तै सागको समापन कार्यक्रम उद्घाटन जस्तै भब्य हुने पनि सदस्य सचिव शिलवालले बताए। समापन कार्यक्रम अघि नेपाल र भुटानबीच पुरुष फुटबल प्रतियोगिता हुनेछ । फुटबलमा भुटानका समर्थकहरुको लागि दक्षिण तर्फको प्याराफिटमा छुट्टै स्थान दिने पनि परिषदले बताएको छ ।
समापन कार्यक्रम अन्तर्गत १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण खेल हुनेछ । फुटबलको फाइनल खेलको समापन सँगै प्रतियोगिताको समापन कार्यक्रम सुरु हुनेछ भने साथै समापन कार्यक्रम १ घन्टाको हुने बताइएको छ।











