सञ्चारकर्मी लम्साल सम्मानित
काठमाडौं, मंसिर २३ : सञ्चारकर्मी आरती लम्साल डा. भिमराव अम्वेडकर कलाश्री पुरस्कारबाट सम्मानित भएकी छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा ....

काठमाडौं, मंसिर २३ : सञ्चारकर्मी आरती लम्साल डा. भिमराव अम्वेडकर कलाश्री पुरस्कारबाट सम्मानित भएकी छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा डा. अम्बेडकर कलाश्री अवार्डबाट उनी सम्मानित भएकी हुन्।
जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याए बापत लम्साललाई सम्मान गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रमा डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता बिमला गौचन सम्मानित भएकी छन् । यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार लगायत पनि सम्मानित भएका छन्।
उक्त सम्मान भारतका केन्द्रिय सामाजिक न्याय मन्त्री एवं राज्य सभा सांसद डा. सत्यनारायण जाटियाले गरेका थिए।
प्रकाशित मिति: १७:५५ बजे, सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











