Kathmandu Press

‘गीतसंगीतबिना फिल्म अधुरो’

कार्यक्रममा समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकको परिचय र पहिचान स्थापित गर्दै उनीहरुको हकहितमा काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको जानकारी दिए।
‘गीतसंगीतबिना फिल्म अधुरो’

काठमाडाैं, असाेज १२ : वरिष्ठ कलाकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले नेपाली कलाको क्षेत्रमा गीत सङ्गीतको महत्वपूर्ण स्थान रहेको बताए।

नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा यहाँ आयोजित कार्यक्रममा उनले गीतसङ्गीतबिना फिल्म अधुरो रहेको बताएका हुन्।

'गीतसङ्गीत भिडियोमा होस् या फिल्ममा उत्तिकै महत्वपूर्ण छ। हामी कहाँ दर्शकसम्म पुग्ने सशक्त माध्यम गीतसङ्गीत नै हो। यसैको महत्व छुट्टै छ,' उनले भने। साथै उनले कलाका विभिन्न विधालाई एकीकृत गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए। 

Hardik ivf

कार्यक्रममा समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकको परिचय र पहिचान स्थापित गर्दै उनीहरुको हकहितमा काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको जानकारी दिए।

कार्यक्रममा नेपाली म्युजिक भिडियोका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने तीन निर्देशकलाई सम्मान प्रदान गर्दै संरक्षक तथा सल्लाहकार र साधारण सदस्यलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो।

म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र सङ्गीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पुर्‍याएको योगदानस्वरुप विशिष्ट सम्मान गरिएको हो।

सो अवसरमा समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकार वरिष्ठ गायक, सङ्गीतकार, गीतकार, लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसङ्गीत तथा चलचित्रका डिजिटल प्रवद्र्ध्क ओम प्रकाश अग्रवाल, निर्देशक एवं कोरियोग्राफर शिव विक र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

फिल्म र गीतसङ्गीतको प्रवद्र्धन गर्न इभेन्ट हुने

सूर्य कर्पोरेसनले विदेशी भूमिमा नेपाली फिल्म र गीतसङ्गीतलाई समेटेर अवार्ड गर्ने भएको छ। यहाँ आयोजित पत्रकार सम्मेलनमा कर्पोरेशनका अध्यक्ष वासुदेव लामिछानेले अष्ट्रेलिया र अन्य देशमा कार्यक्रम हुने जानकारी दिए।

अध्यक्ष लामिछानेले नेपाली फिल्म र गीतसङ्गीतको प्रवद्र्धन गर्न इभेन्ट आयोजना गर्न लागिएको बताउनुभयो। उनले कार्यक्रम यही वर्षदेखि २०२३ को अन्त्यसम्ममा सम्पन्न हुने बताए।

'हामीले कलाकारसँग सम्झौता गर्दा नै दुई वर्षको समय भनेका छौँ। हामी अन्य नेपाली फिल्म र गीतसङ्गीतको कार्यक्रम हुने विदेशी स्थानमा कार्यक्रम गर्दैछौँ,' उनले भने। 

कार्यक्रममा गायक प्रशान्त तामाङ, कमल खत्री गायिका मिलन नेवार, समीक्षा अधिकारी, मेलिना मैनाली, हास्यकलाकार सन्दिप क्षेत्री, अभिनेत्री नम्रता सापकोटा, अभिनेता तथा मोडल प्रशान्त ताम्राकार र गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराई सहभागी हुनेछन्। 

हास्यकलाकार सन्दीप क्षेत्रीले यो टीमसँग सुरुवाती समय देखि नै जोडिएकोले कार्यक्रम राम्रो हुने बताउनुभयो। 'मलाई व्यावसायिक पाटो त थाहा छैन। यद्यपि नेपाली गीतसङ्गीतको लागि उहाँहरुले गरिरहनुभएको मेहनत प्रशंसनीय छ। यसपटक पुराना अनुभवले अझैँ परिपक्व हुनेमा विश्वत छु,' कलाकार क्षेत्रीले भने।

साकुरा नाइट, सूर्य फिल्म अवार्डलगायतको कार्यक्रम जापानमा यस अगाडि नै अध्यक्ष लामिछानेले गरिसक्नुभएको जनाइएको छ।

प्रकाशित मिति: १८:१५ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्