Kathmandu Press

सुटिङमा भारतलाई २० मध्ये १८ स्वर्ण, नेपाल पदकविहीन

काठमाडौं, मंसिर २३ : १३ औं दक्षिण एसियाली (साग)  अन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ। स्वर्ण रजत र क....

सुटिङमा भारतलाई २० मध्ये १८ स्वर्ण, नेपाल पदकविहीन

काठमाडौं, मंसिर २३ : १३ औं दक्षिण एसियाली (साग)  अन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ। स्वर्ण रजत र कास्य गरी कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरी २९ पदक जित्न सफल भयो।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्यसहित १४ पदक हात पारेको छ। कुनै पनि स्वर्ण नजितेको बंगलादेशले कुल १० पदक हात पार्न सफल भयो। बंगलादेशले ६ रजत र ४ कास्य पदक जितेको हो। चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कास्य गरी कुल सात पदक हात पारेको छ। माल्दिभ्स, भुटान र नेपाल पदकविहीन रहे।

सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलंकाले रजत र बंगलादेशले कास्य पदक जिते। सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो। यसको समूह चरणमा नेपाली टिम पाँचौं हुँदै बाहिरिएको थियो।

भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अकंसहित स्वर्ण पदक जितेको हो। स्वर्ण पदकको भिडन्तमा श्रीलंकाका एलभीस के.ए.आई. र फर्नान्डो टी.डी.एसको जोडी ८ अंकमा रोकिएको थियो।

कास्य पदकका लागि भने बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए। जसमा बंगलादेशले बाजी मार्न सफल भयो। बंगलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अंकका साथ कास्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अंककमा रोकिँदै चौथो स्थानमा रहे।

विजेता खेलाडीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरेका थिए।

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, मंसिर २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्