Kathmandu Press

भारतसँग पराजित भएपछि हरि खड्काले दिए प्रशिक्षकबाट राजीनामा 

पोखरा, मंसिर २३ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। 

१३ औं दक्षिण एसियाली ....

भारतसँग पराजित भएपछि हरि खड्काले दिए प्रशिक्षकबाट राजीनामा 

पोखरा, मंसिर २३ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा स्वर्ण जित्न नसकेपछि प्रशिक्षक खड्काले पदबाट राजीनामाको घोषणा गरेका हुन्। सोमबार पोखरा रंगशालामा भएको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित हुँदै रजत पदकमै सीमित भएको थियो।
 
प्रशिक्षक खड्काले  आफू स्वर्ण पदकलाई टार्गेट गरेर हिँडेको र त्यो पूरा हुन नसक्दा नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताए।

खेलपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रशिक्षक खड्काले नेपालले पाएको मौका सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको पनि बताए। उनले प्रतियोगिताले नेपालको फर्वाड जोनमा अझै धेरै सुधार गर्नु पर्ने देखिएको बताए। 

नेपाल सागमा महिला फुटबल सन् २०१० देखि समावेश भएपनि फाइनलमा भारतसँग लगातार तीन पटक पराजित हुन पुगेको छ।
 

प्रकाशित मिति: १५:४७ बजे, सोमबार, मंसिर २३, २०७६