प्रधानमन्त्रीबिना नेकपाको सचिवालय बैठक सुरू
काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री केपी शर्मा ओलीबिना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाह....

काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री केपी शर्मा ओलीबिना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरू भएको हो। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डको अध्यक्षतामा बसेको यो दोस्रो बैठक हो।
आजको बैठकमा भने प्रधानमन्त्री ओली उपस्थित छैनन्। बैठकमा नेकपा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्यहरु वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा उपस्थित रहेका छन्।
बैठकमा पार्टी एकीकरणका विषयमा छलफल हुने जनाएको छ। त्यस्तै, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाएको छ।
प्रकाशित मिति: १४:५४ बजे, सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











