क्रिकेटमा नेपाललाई कास्य पदक
काठमाडौं, मंसिर २३ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष टी–२० क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।
सोमबार त्र....

काठमाडौं, मंसिर २३ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष टी–२० क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।
सोमबार त्रिवि मैदानमा भएको प्रतियोगितामा मालदिभ्सलाई पाँच विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो।
मालदिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि आरिफ सेखले ३२, ज्ञानेन्द्र मल्लले २२, रोहितकुमार पौडेलले १५, विनोद भण्डारीले १२ र पवन सर्राफले १० रन बनाए।
मालिदिभ्सका लागि उमर आदमले तीन र लिम सफिगले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालदिभ्सले नौ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। मालदिभ्सका लागि लिम सफिगले १९, मोहम्मद रिसवानले १७, मोहम्मद मोहफूजले १६, अमिल महरुपले १३ र उमर अदमले ११ रन बनाएका थिए।
नेपालका लागि ललित नारायण राजवंशीले तीन, सुशन भारीले दुई र पारस खड्काले एक विकेट लिएका थिए।











