Kathmandu Press

बोलेरोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

भरतपुर, मंसिर २३ : चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा बोलेरोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ।

दुर्घटनामा धादिङको नीलक....

बोलेरोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

भरतपुर, मंसिर २३ : चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा बोलेरोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ।

दुर्घटनामा धादिङको नीलकण्ठ नगरपालिका–१० का ३५ वर्षीय यदुप्रसाद पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत थिए।

आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरोले उनी चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। घाइते भएका उनलाई तत्कालै भरतपुर अस्पताल लगिएको थियो।

उनको उपचारका क्रममै मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए। ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:५८ बजे, सोमबार, मंसिर २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्