‘प्रेमगीत ३’ नेपाली बक्सअफिसमा दोस्रो सर्वाधिक उच्च ओपनिङ

काठमाडौं, असोज ८ : ‘प्रेमगीत ३’ले नेपाली बक्सअफिसमा अहिलेसम्मकै दोस्रो सर्वाधिक उच्च ओपनिङ गरेको छ। मुलुकका डेढसय पर्दाबाट रिलिज भएको फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको हो।
काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ । पहिलो दिनको देशब्यापी अकुपेन्सी ७० देखि शतप्रतिशत थियो ।
‘प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी ४’पछिको दोस्रो उच्च ओपनिङ हो ।
यसैबीच, ‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतीय बक्सअफिसमा ९२ लाख भारु नेट कलेक्सन (नेपाली झन्डै डेढकरोड रुपैयाँ) ओपनिङ गरेको छ।
नेपालमा दोस्रो दिन शनिबार फिल्मको नेपाली संस्करणको कमाई २ करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: १९:१२ बजे, शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












