Kathmandu Press

बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग गरे विवाह

उनले आज (शुक्रबार) भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ संस्कारअनुसार विवाह गरेका हुन्।
बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग गरे विवाह

काठमाडौं, असोज ७ : चर्चित हास्यकलाकार बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका छन्।

उनले आज (शुक्रबार) भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ संस्कारअनुसार विवाह गरेका हुन्। उनीहरूबीच मागी विवाह भएको हो।

Hardik ivf

विवाह समारोहमा दुवै पक्षका परिवारका सदस्य, आफन्तजन तथा केही फिल्मकर्मीको उपस्थित रहेको छ। अनुप बराल, विजय बराल, केदार घिमिरे, दीपाश्री निरौलालगायत केही कलाकार उनलाई शुभकामना दिन वैवाहिक समारोह स्थलमै पुगेका छन्।

buddhi-tamang-bihe1663922266.png

त्यहाँ जान नपाएका कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालबाट बधाईसहित शुभकामना दिएका छन। ‘मलाई प्रलय नै मन पर्ने मान्छे। असल कलाकार र अब्बल साथी। सधै बिहे भोज कहिले ख्वाउने भनेर सोधिरहने मै थिए होला सायद। तर स्वास्थ्यको कारणले आफैं उपस्थित हुन सकिन। म आउन नसके पनि मेरो असंख्य शुभकामना,’ उनले फेसबुकमा लेखेका छन्।

अन्य विभिन्न कलाकार तथा शुभचिन्तकहरुले पनि सामाजिक सञ्जालबाट बधाई तथा शुभकामना दिइरहेका छन्। 

टेलिफिल्ममा प्रयोग गरिएको ‘हैट’ थेगोबाट एकाएक चर्चामा आएका उनले दर्जन बढी नेपाली चलचित्र, म्युजिक भिडियो र नाटकमा अभिनय गरिसकेका छन्। फिल्म  ‘कबड्डी’का चारवटै सिक्वेलमा उनको भूमिका रुचाइएको छ।

‘छक्कापन्जा’का केही सिक्वेलमा पनि उनले अभिनयलाई दर्शकले मन पराएका छन्। यिनै फिल्मबाट उनको चर्चा चुलिएको थियो। ‘टलकजंग भर्सेज टुल्के’मा पनि उनको राम्रो अभिनय देख्न सकिन्छ। 

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्