Kathmandu Press

आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

काठमाडौँ, २८ माघ  ः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, ....

आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार
Hardik ivf

काठमाडौँ, २८ माघ  ः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले वरियता सुधार गरेका छन् । 

यसै महीना संयुक्त अरब इमिरेट्स (युएइ) मा सम्पन्न युएइविरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्का व्याटिङतर्फ छ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीना कप्तान खड्का ९६औँ स्थानमा थिए । त्यसैगरी अलराउन्डतर्फ कप्तान खड्का ४०औँ स्थानमा रहेका छन् । त्यस्तै नयाँ वरियताको बलिङतर्फ सोमपालले २३औँ स्थान सुधार गर्दै ७०औँ स्थानमा उक्लेका छन् । सोमपाल यसअघि ९३औँ स्थानमा थिए । सोमपाल अलराउण्डरतर्फ भने ५१औँ स्थानमा छन् । 

बलिङतर्फ वसन्त तीन स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीना वसन्त ७४औँ स्थानमा थिए । नयाँ वरियताअनुसार ब्याटिङमा पाकिस्तानका बाबर आजम, बलिङमा अफगानिस्तानका राशिद खान र अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्षस्थानमा रहेका छन् । 

शहीद स्मारक बी डिजिभन लिग ः सातदोबाटो विजयी 

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सातदोबाटो युथ क्लबले श्रीकुमारी क्लबलाई पराजित गर्दै विजयी भएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल मैदानमा भएको खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सातदोबाटोको जीतमा दीपेश गुरुङ र राजन पुनले गोल गरे । दीपेशले खेलको पहिलो हाफको २१आँै मिनेटमा गोल गर्दै सातदोबाटोलाई शुरुआती अग्रता दिलाए । खेलको दोस्रो हाफको ५३औँ मिनेटमा राजनले एक गोल थप्दै सातदोबाटोको जीत सुनिश्चित गरे । 

यता कुमारीका लागि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुविज्ञ रेग्मीले एक सान्त्वना गोल फर्काएका थिए । जारी प्रतियोगतामा लिगको विजेताले रु आठ लाख तथा उपविजेताले रु पाँच लाख पाउनेछ । त्यस्तै तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् ।

प्रकाशित मिति: १८:१८ बजे, सोमबार, माघ २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्