Kathmandu Press

विद्यार्थीलाई ट्रकले ठक्कर दिँदा कोहलपुर तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर

नेपालगञ्ज, मंसिर २२ : विद्यार्थीलाई ट्रकले ठक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ। विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् भने प्रहरीले पनि हवाइ फ....

विद्यार्थीलाई ट्रकले ठक्कर दिँदा कोहलपुर तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर

नेपालगञ्ज, मंसिर २२ : विद्यार्थीलाई ट्रकले ठक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ। विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् भने प्रहरीले पनि हवाइ फायर गरेको छ।

आइतबार बिहान कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ठक्करले ठक्कर दिएको थियो। उनी शख्त घाइते रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, उनको उपचार भइरहेको छ।

ट्रकले ठक्कर दिएपछि विद्यार्थी प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्।

प्रहरी स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको छ। प्रहरीले लाठी चार्ज गरेपछि विद्यार्थीले पनि ढुंगामुडा गरेका छन्। विद्यार्थीको ढुंगामुडाबाट केही प्रहरी पनि घाइते भएको डीएसपी शिवबहादुर सिंहले बताए।

त्यस्तै, स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ। तर, विद्यार्थीको प्रदर्शन जारी रहेको छ।

 

प्रकाशित मिति: १३:४० बजे, आइतबार, मंसिर २२, २०७६