Kathmandu Press

सिनेमा हलमा बहुप्रतिक्षित फिल्म  ‘प्रेम गीत ३’ 

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म हिन्दी र नेपाली गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। ५० देशमा एकसाथ प्रदर्शनमा आएको फिल्मको हिन्दी डब नेपालमा भने सोमबारदेखि मात्रै लाग्ने भएको छ।
सिनेमा हलमा बहुप्रतिक्षित फिल्म  ‘प्रेम गीत ३’ 

काठमाडौं, असोज ७ : बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ आजदेखि प्रदर्शनमा आएको छ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म हिन्दी र नेपाली गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। ५० देशमा एकसाथ प्रदर्शनमा आएको फिल्मको हिन्दी डब नेपालमा भने सोमबारदेखि मात्रै लाग्ने भएको छ।

सबैभन्दा धेरै ७० देखि ९० प्रतिशतसम्म शो पाएको यस फिल्मको पहिलो दिनका अधिकांश शो हाउसफुल छन्। फिल्मले बक्स अफिसमा धेरै नयाँ कीर्तिमान बनाउने अनुमान गरिएको छ।

फिल्ममा प्रदिप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा देखिएका छन् भने सुनिल थापा, मनिष राउत, शिव श्रेष्ठ, लक्ष्मी बर्देवा, जिवन भट्टराई लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 

प्रकाशित मिति: ०८:२६ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्