Kathmandu Press

कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिदै 

तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गर्न लागेका हुन् ।
कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिदै 
Hardik ivf

काठमाडौं, असोज ७ : कलाकार बुद्धि तामाङ (हैट) विवाह बन्धनमा बाँधिने भएका छन् । उनले आज विवाह गर्न लागेका हुन् ।

तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गर्न लागेका हुन् । भक्तपुरबाट तामाङ परम्पराअनुसार विवाह हुन लागेको बताईएको छ ।

केही वर्षयता उनी हास्य कलाकारका रुपमा परिचित छन् । उनी अभिनीत ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिज सर्वाधिक सफल चलचित्र हुन् । 

प्रकाशित मिति: ०७:४६ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्