Kathmandu Press

काठमाडौंका पहिलो मेयर पीएल सिंहलाई सम्मान गरिने

काठमाडौं, मंसिर २२ : काठमाडौं महानगरका पहिलो मेयर पीएल सिंहलाई सम्मान गरिने भएको छ।

काठमाडौं महानगरपालिकाले २५औं वार्षिकोत्सवको अवसरमा सिंहल....

काठमाडौंका पहिलो मेयर पीएल सिंहलाई सम्मान गरिने

काठमाडौं, मंसिर २२ : काठमाडौं महानगरका पहिलो मेयर पीएल सिंहलाई सम्मान गरिने भएको छ।

काठमाडौं महानगरपालिकाले २५औं वार्षिकोत्सवको अवसरमा सिंहलाई सम्मान गर्न लागिएको हो।  यहि मंसिर २८ र २९ गते मनाइने वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरिन लागेको महानगरले जनाएको छ।

२०५२ मंसिर २९ गते काठमाडौं नगरपालिका कोषणा गरिएको थियो। त्यतिवेला सिंह मेयर भएका थिए।

महानगरको मूल समारोह समितिको बैठकले पहिलो मेयर सिंहलाई सम्मानसँगै अन्य विविध कार्यक्रम गर्ने निर्णय गरेको मेयर विद्यासुन्दर शाक्यले बताए।

मंसिर २९ गते बसन्तपुरका कार्यक्रम गर्न लागिएको हो। त्यसमा महानगर क्षेत्रका विविध सांस्कृतिक कार्यक्रम, झाँकी प्रस्तुत गरिने उपमेयर हरिप्रभा खड्कीले बताइन्।
त्यसको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएका छन्।

 

प्रकाशित मिति: ११:२५ बजे, आइतबार, मंसिर २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्