Kathmandu Press

फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ, मंसिर २१ : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

हालसम्म सागमा भएक....

फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ, मंसिर २१ : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

हालसम्म सागमा भएका तीन मध्ये दुईमा जित र एक खेलमा बराबरी गरेको नेपालले साँझ पाँच बजे त्रिपूरेश्वर स्थित दशरथ रंगशालामा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको फाइनल यात्रा लगभग निश्चित छ ।

यसअघि शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो । नेपाल सात अंकसहित दोस्रो स्थानमा छ भने बंगलादेशको चार अंक रहेको छ । चार खेल मध्ये तीनमा जित र एकमा हार बेहोरेको भुटान ९ अंकसहित शीर्ष स्थानमा छ ।

जारी सागमा तीन गोल गरेका नेपालका सुजल श्रेष्ठ सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा रहेका छन् । 

प्रकाशित मिति: ०८:२९ बजे, आइतबार, मंसिर २२, २०७६