१३औं दक्षिण एसियाली खेलकुद : आज १५ खेलमा प्रतिस्पर्धा हुँदै
काठमाडौं, मंसिर २२ : १३औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज काठमाडौंमा बास्केटबल, बक्सिङ, क्रिकेट, फेन....

काठमाडौं, मंसिर २२ : १३औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज काठमाडौंमा बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास र टेनिसका खेलहरु हुनेछन् ।
यसैगरी पोखरामा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबलका खेलहरु हुँदा कुस्ती खेल जनकपूरमा हुनेछ । सागमा हिजोसम्म नेपाल पदक तालिकाको दोस्रो स्थान कायमै छ । नेपालले स्वर्णपदकको संख्या ४३ पुर्याएको छ ।
हिजो एथलेक्टिसको म्याराथनमा किरण सिंह बोगटी र कुस्तीमा संगीता धामीले स्वर्णपदक जितेसँगै स्वर्णको संख्या ४३ पुगेको हो । भारत १ सय १० स्वर्णसहित शीर्ष स्थानमा छ ।
तेस्रो स्थानको श्रीलंकाको ३०, चौथो स्थानको पाकिस्तानको २३, पाँचौं स्थानको बंगलादेशको ७, छैटौं स्थानको माल्दिभ्सको १ स्वर्ण रहेको छ भने पुछारको भुटानका ५ वटा कास्यपदक रहेका छन् ।











