अटो दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत
काठमाडौं, मंसिर २१ : चितवनको राप्ती नगरपालिका–४ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
पूर्वी चितवनको भण्डाराबाट करिव २ किलो....

काठमाडौं, मंसिर २१ : चितवनको राप्ती नगरपालिका–४ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
पूर्वी चितवनको भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा हिजो साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका पिपलटार स्थायी घर भइ हाल खैरहनी नगरपालिका–८ बस्ने वर्ष ४९ का श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ बस्ने वर्ष ४२ का विश्वमणि भण्डारी, राप्ती नगरपालिका–९ बस्ने वर्ष २५ की मिना खड्का, राप्ती नगरपालिका–९ बस्ने वर्ष ३२ की माया तामाङ रहेका छन् ।
अर्का एक महिलाको सनाखत भएको छैन । दुर्घटनामा गम्भीर घाइते एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











