चार तस्बिरमा मनै लोभ्याउने रारा
मुगुकाे सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब तीन घन्टाको पैदल यात्रापछि राराताल पुगिन्छ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको मुगु जिल्लास्थित रारा ताल।

नेपालको सबैभन्दा ठुलो यो ताल समुद्री सतहबाट २९९० मिटरको उचाइमा, १६७ मिटर गहिराइ, ५ किमी लम्बाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ।

जिल्ला सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब तीन घन्टाको पैदल यात्रापछि राराताल पुगिन्छ।

प्रकृतिको अनुपम उपहारका रूपमा सिर्जित यस ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली तथा यसको वरपर पाइने कस्तुरी, रतुवाजस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुंगीहरूले समेत थप शोभा पुर्याएका छन्।

यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। रारातालमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या निकै हुने गर्छ।
तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस
प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)