सावित्राले श्रीलंकाविरुद्धको खेल गुमाउने
सावित्रालाई डेंगु भएकाले उनले श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी हुन् ।
काठमाडाैं, भदाै २६ : नेपाली रााष्ट्रिय महिला फुटबल टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारीले आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी छिन्।
सावित्रा अवस्थ भएपछि साँझ साढे ५ बजे दशरथ रंगशालाम हुने महिला साफ च्याम्पियनसिपको अन्तिम खेल सावित्रा गुमाउने भएकी हुन्।
सावित्रालाई डेंगु भएकाले उनले श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी हुन् । प्रशिक्षक कुमार थापले सावित्रालाई ज्वरो आएको बताउँदै ज्वरो ठीक नभए बाँकी खेल पनि गुमाउने बताए ।
सावित्राले बाँकी खेल पनि गुमाए साफ च्याम्पियनसिपकाे उपाधि जित्ने नेपालकाे लक्ष्यमा गम्भीर धक्का लाग्ने छ।
घरेलु उपाधि जित्ने लक्ष्य बनाएको नेपलालाई सेमिफाइनल पुग्न श्रीलंकाविरुद्ध अंक जोड्नु आवश्यक छ। श्रीलंकाविरुद्ध १ अंकमात्र जोड्न सके नेपाल समूह बीको विजेताको रुपमा सेमिफाइनल पुग्ने छ।
समूह बीबाट यसअघि नै भटान तथा समूह एबाट भारत र बंगलादेश सेमिफाइनल पुगेका छन्।











