मिटरब्याज पीडितको आन्दोलनमा प्रहरीको लाठी चार्ज
काठमाडौं, भदौ २७ : प्रहरीले मिटरब्याज पीडितहरुको आन्दोलनमा हस्तक्षेप गरेको छ । सोमबार काठमाडौंको कीर्तिपुरबाट माइतीघर आउन लागेका पीडितहरुलाई रोकेपछि स्थिति तनावग्रस्त बनेको हो...
काठमाडौं, भदौ २७ : प्रहरीले मिटरब्याज पीडितहरुको आन्दोलनमा हस्तक्षेप गरेको छ । सोमबार काठमाडौंको कीर्तिपुरबाट माइतीघर आउन लागेका पीडितहरुलाई रोकेपछि स्थिति तनावग्रस्त बनेको हो ।
न्याय माग्दै काठमाडौ आएका पीडितहरु सोमबार सार्वजनिक सवारी चढेर माइतीघरसम्म आउन लागेका थिए । प्रहरीले गाडी चढ्न नदिएपछि पीडितहरु हिँडेरै माइतीघर आउन खोजेका थिए । प्रहरीले हिँडेर पनि जान नदिएपछि उनीहरुले कीर्तिपुरमै प्रदर्शन गरेका थिए ।
प्रदर्शनको क्रममा प्रहरीले पीडितमाथि लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट एक युवकको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । प्रदर्शनमा सहभागी ५०(६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन्।
पक्राउ परेका पीडितहरुलाई प्रहरीले कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखेको छ। मिटरब्याज पीडितहरू केही समयदेखि कीर्तिपुरमा टहरा बनाएर बसेका छन्। उनीहरू यसअघि गौशाला क्षेत्रमा बस्थे।











