Kathmandu Press

खुमलटार पुगेर गृहमन्त्री र कानुनमन्त्रीले गरे प्रचण्डसँग छलफल 

काठमाडौं, भदौ २७ : गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सोमबार...
खुमलटार पुगेर गृहमन्त्री र कानुनमन्त्रीले गरे प्रचण्डसँग छलफल 

काठमाडौं, भदौ २७ : गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान खुमलटार पुगेर दुई मन्त्रीले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मंसिर ४ गतेको संसदीय निर्वाचन लगायतका विषयमा छलफल भएको छ । त्यस्तै प्रतिनिधि सभाको कार्यकाल सकिन लाग्दा संसदमा रहेका विधेयकहरुका बारेमा पनि छलफल भएको गृहमन्त्रीका प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए। 

भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग र त्यस सम्बन्धमा अहिलेसम्म भएको प्रगतिबारे पनि छलफल भएको भट्टराईले जानकारी दिए । 

 

प्रकाशित मिति: १०:५२ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्