Kathmandu Press

महिला साफमा श्रीलंकासँग खेल्दै नेपाल

काठमाडाैं, भदाै २७ : काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टिमले आज समूहको अन्तिम खेल खेल्दै छ। साँझ साढे ५ बजे दशरथ...
महिला साफमा श्रीलंकासँग खेल्दै नेपाल

काठमाडाैं, भदाै २७ : काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टिमले आज समूहको अन्तिम खेल खेल्दै छ। साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने खेमा नेपालले श्रीलंकाको सामाना गर्ने छ।

श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य समूह विजेता बन्नु हुने छ। यता, श्रीलंका पनि सेमिफाइनल पुग्ने सोचमा हुनेछ । बलियो नेपालविरुद्ध ४–० भन्दा माथिको जित निकाल्न सके उ सेमिफाइनल पुग्ने छ।

यता, नेपाललाई समूह विजेता बन्न बराबरी नै काफी छ । पहिलो खेलमा नेपालले भुटानलाई ४–०ले हराएको थियो । समूह बीका भुटान यसअघि नै सेमिफाइनल पुगिसकेको छ। महिला फुटबलकै इतिहासमा पहिलो जित निकाल्ने क्रममा श्रीलंकालाई ५–०ले हराउँदै भुटान सेमिफाइनलमा पुगेको थियो।


पहिलो खेलमा सहज जित निकालेकाले नेपाल श्रीलंकाविरुद्ध मैदान उत्रँदा उत्साहित हुनेछ । श्रीलंकालाई विरुद्ध नेपाली महिला टिमले अहिलेसम्म ७ पटक प्रतिस्पर्धा गरेको छ । र, सातै पटक जित निकालेको छ । त्यसैले पनि आजको नेपाललाई सहज हुने अपेक्षा गर्न सकिन्छ।

यता, समूह एबाट भारत र बंगलादेश समान २ जित निकाल्दै सेमिफाइनल पुगिसकेका छन्। यी दुई बीचको अन्तिम खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ।

प्रकाशित मिति: १०:२३ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्