Kathmandu Press

माओवादी उपाध्यक्ष महरा दाङ २ बाट उम्मेदवार सिफारिश

दाङ, भदौ २७ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा दाङ २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिश भएका छन्।माओवादीले क्षेत्र नं २...
माओवादी उपाध्यक्ष महरा दाङ २ बाट उम्मेदवार सिफारिश

दाङ, भदौ २७ : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा दाङ २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिश भएका छन्।

माओवादीले क्षेत्र नं २ को बैठकले महरालाई उम्मेदवार सिफारिश गरेको हो। उनीसँगै स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिश भएको माओवादी नेता शेसुराम भण्डारीले बताए।

२०७४ सालमा भएको निर्वाचनमा महरा यहि क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस्तै, शर्मा समानुपातिक सांसद हुन्।

आचार्य भने २०७० सालको निर्वाचनमा यहि क्षेत्रबाट चुनाव लडेका थिए। उनी पराजित भएका थिए।

यो क्षेत्रबाट नेकपा (एमाले) ले महासचिव शंकर पोखरेललाई एकल उम्मेदवार सिफारिश गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेलार्य उम्मेदवार सिफारिश गरेको छ।

प्रकाशित मिति: ०९:१० बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्