Kathmandu Press

सीट बाँडफाँडका लागि छलफलमा जुट्दै शीर्ष नेता

काठमाडौं, भदौ २७ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको सीट बाँडफाँडका लागि आज पनि सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफलमा जुट्न लागेका छन्।प्रधानमन्त्री निवास...
सीट बाँडफाँडका लागि छलफलमा जुट्दै शीर्ष नेता

काठमाडौं, भदौ २७ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको सीट बाँडफाँडका लागि आज पनि सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफलमा जुट्न लागेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान पनि गठबन्धनको बैठक बोलाइएको छ। बैठकमा गठबन्धन कार्यदलका सदस्यसँग शीर्ष नेता सहभागी हुने जनाइएको छ।

गठबन्धनमा रहेका पाँच दलले आगामी चुनावमा तालमेल गर्ने सहमति गरिसकेका छन्। गत साउन २० गते सहमति भएयता सीट बाँडफाँडमा जुटेका छन्।

यसका लागि साउन २० गते कार्यदल पनि गठन गरिएको थियो। कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेता नै छलफल गर्न थालेका हुन्।

अहिलेसम्म थुप्रै पटक छलफल भए पनि सीट बाँडफाँडको टुंगो लाग्न सकेको छैन। पाँचै दल सहमति नजिक पुगेको र अब छिट्टै सीट बाँडफाँडको विषय टुंगिने कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

कार्यदलले सीट बाँडफाँड सम्बन्धी प्रतिवेदन शीर्ष नेतालाई बुझाइसकेको छ। त्यसमै आधारित भएर छलफल चलिरहेको कार्कीले बताए।

प्रकाशित मिति: ०७:४६ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्