Kathmandu Press

नेपाल भ्रमणमा आउँदै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली

काठमाडौं, भदौ २७ : चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज नेपालको भ्रमणमा आउँदै छन्।सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली तीन दिने...
नेपाल भ्रमणमा आउँदै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली

काठमाडौं, भदौ २७ : चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज नेपालको भ्रमणमा आउँदै छन्।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली तीन दिने भ्रमणका लागि आज नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत काठमाडौं ओर्लिने भएको छ।

उनले आजै सभामुख सापकोटासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्‍याउन सक्ने सहयोग र सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।

त्यस्तै, लीको सम्मानमा सभामुख सापकोटाले आज साँझ रात्रिभोज आयोजना गर्ने भएका छन्।

लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यससँगै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट गर्नेछन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। यससँगै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने भएका छन्।

उनको भ्रमणका क्रममा बीआरआईका विषयमा पनि छलफल हुने जनाइएको छ।

 

प्रकाशित मिति: ०७:१६ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्