Kathmandu Press

पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कप

काठमाडौं, भदौ २७ : पाकिस्तानलाई हराउँदै श्रीलंकाले एसिया कपको उपाधि जितेको छ।गएराति दुबईमा भएको फाइनले खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गरेको हो।...
पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कप

काठमाडौं, भदौ २७ : पाकिस्तानलाई हराउँदै श्रीलंकाले एसिया कपको उपाधि जितेको छ।

गएराति दुबईमा भएको फाइनले खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गरेको हो। श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान १४७ रनमै समेटियो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५५, इफ्तिखर अहमेदले ४२ र हरिफ रउफले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

श्रीलंकाका लागि प्रमोद मधुसनले चार विकेट लिए। त्यस्तै वानिन्दु हसरंगाले तीन विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाको १७० रन बनाएको थियो। श्रीलंकाका लागि भानुका राजापाक्ष ७१, वानिन्दु हसरंगा डि सिल्भाले ४६, करुनारत्नेले १४ र धनञ्जय डी सिल्भाले २८ रन बनाएका थिए।

पाकिस्तानका लागि हरिस रउफले तीन विकेट लिएका थिए।

श्रीलंकाले आठ वर्षपछि एसिया कपको उपाधि जितेको हो। यसअघि सन् २०१४ मा पाकिस्तानलाई नै पराजित गर्दै श्रीलकाले एसिया कपको उपाधि जितेको थियो।

 

प्रकाशित मिति: ०७:०४ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्