नेपाल टि–२० लिग ड्राफ्ट : कुन टिमले किने कुन खेलाडी, अविनाश र सुवास बिकेनन्
काठमाडौं, भदौ २६: नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि–२० लिगको ड्राफ्ट सकिएको छ। शनिबार र...
काठमाडौं, भदौ २६: नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि–२० लिगको ड्राफ्ट सकिएको छ। शनिबार र आइतबार भएको ड्राफ्टबाट सहभागी टिमले ६७ खेलाडी अनुबन्धन गरेका छन्।
शनिबार र आइतबार भएको ड्राफ्टबाट प्रतियोगितामा सहभागी ६ मध्ये ५ टिमले समान ११ खेलाडी एक टिमले १२ जना खेलाडी अनुबन्धन गरेको छ। जसमा काठमाडौं गोर्खाज, विराटनगर सुपरकिंग्स, पोखरा एभेन्जर्स, लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्सले समान ११ खेलाडी किन्दा फारवेस्टर्न युनाइटेडले १२ खेलाडी किनेको छ।
सहभागी टिमले ड्राफ्टबाट ग्रेड एका खेलाडीलाई १५, ग्रेड बीकालाई १० र ग्रेड सीका खेलाडीलाई ५ लाख रुपैयाँ तिरेर अनुबन्धन गरेका हुन्। अब प्रत्येक टिमले ५ विदेशी खेलाडी अनुबन्धन गुर्नपर्ने छ।
कीर्तिपुरस्थित टियू मैदानमा असोज ८ देखि कात्तिक ५ गतेसम्म चल्ने प्रतियोगिताका लागि काठमाडौंले ज्ञानेन्द्र मल्ल, विराटनगरले रोहितकुमार पौडेल, पोखराले आसिफ सेख, लुम्बिनीले दीपेन्द्रसिंह ऐरी, जनकपुरले सोमपाल कामी र फारवेस्टर्नले करण केसीलाई मार्की खेलाडीका रुपमा अनुबन्धन गरेका थिए।
ड्राफ्टबाट ६७ खेलाडी बिक्री हुँदा ग्रेस एमा रहेका फास्टबलर अविनाश बोहरा र विकेट किपर ब्याट्सम्यान सुवास खकुरेल भने बिक्री हुन सकेनन्।
फार वेस्टर्न युनाइटेडले १२ खेलाडी अनुबन्ध गरेको छ । जस अनुसार ६७ जना नेपाली खेलाडी नेपाल टी(२० लिगमा छनोट भएका छन् । ड्राफ्टका लागि छनोट भएका ९२ जना खेलाडी मध्ये २५ जना खेलाडी कुनै पनि टिममा अनुबन्ध भएनन् । यसमा क्याटेगोरी ए मा रहेका सुबास खकुरेल पनि हुन् ।
को खेलाडी कुन टिममा ?
काठमाडौं गोर्खाज : ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमेद, कमल सिंह ऐरी, अविनास बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रिजाल, सन्तोष कार्की, सुनाम गौतम, गौतम केसी ।
लुम्बिनी अलस्टार्स : दीपेन्द्र सिंह ऐरी, अनिल शाह,कुशल भुर्तेल, गुल्सन हा, सागर ढकाल, योगेन्द्र सिंह कार्की, किशोर महतो,तिलक राज भण्डारी, सुनिल धमला, आकाश चन्द, सिंह पाण्डे ।
विराटनगर सुपर किङ्स : रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी, पृथु बास्कोटा, रिजन ढकाल ।
जनकपुर रोयल्स : सोमपाल कामी, सन्दीप जोरा, आदील आलम, दिलिप नाथ, ललित राजवंसी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी ।
पोखरा एभेन्जर्स : आसिफ शेख, शरद भेषवाकर, कुशल मल्ल, प्रतिष जिसी, आरिफ शेख, तुल बहादुर थापा, विशाल बिक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्दान्त लोहनी ।
फारवेस्ट युनाईटेड : करण केसी, विनोद भण्डारी,भिम सार्की, देव खनाल, राशिद खान, दुर्गेश गुप्ता, भुवन कार्की, हरिशंकर शाह, शेर मल्ल, बसन्त कार्की, प्रकाश जैशी, हसिम अन्सारी ।











