Kathmandu Press

केन्द्रीय सुरक्षा समिति बैठकले गर्‍यो तीन निर्णय 

काठमाडौं, भदौ २६ : केन्द्रीय सुरक्षा समिति बैठकले मुख्यगरी तीन विषयमा छलफल गरी निर्णय गरेको छ । आइतबार अपरान्ह गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा...
केन्द्रीय सुरक्षा समिति बैठकले गर्‍यो तीन निर्णय 

काठमाडौं, भदौ २६ : केन्द्रीय सुरक्षा समिति बैठकले मुख्यगरी तीन विषयमा छलफल गरी निर्णय गरेको छ । 

आइतबार अपरान्ह गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले मुख्य गरी तीन विषयमा छलफल गरी निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार दार्चुला जिल्लामा शुक्रबार राती गएको बाढी पहिरोमा परि घाइते र विस्थापित भएकाहरूलाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय बैठकले गरेको छ । 

विपदबाट प्रभावितलाई खाद्यान्न सडकबाट पु¥याउन समस्या भएमा हेलिकोप्टरबाट भए पनि यथाशक्य पुर्‍याउने निर्णय पनि बैठकमा भएको छ । त्यस्तै सोमबारबाट नेपाल भ्रमणमा आउन लागेका भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चाङसुको सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखहरूले गृहमन्त्री खाणलाई जानकारी गराए । 

गृहमन्त्री खाणले अहिलेसम्म विदेशी उच्च पदस्थ अधिकारीहरू आउँदा आ–आफ्नो जिम्मेवाी अनुसारको सुरक्षा व्यवस्थामा कुनै कमि हुन नदिएको उल्लेख गर्दै यो भ्रमणमा पनि त्यो भन्दा चुस्त दुरुस्त सुरक्षा व्यवस्था हुनेमा आफू विश्वस्थ रहेको बताए । बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षा निकाय मिलेर तयार गरेको ‘विशेष सुरक्षा योजना’ पारित गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । 

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल गृहप्रवक्ता पोखरेललगायत उपस्थित थिए । 

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्