Kathmandu Press

समानुपातिक उम्मेदवारको बन्द सूची २ र ३ असोजमा बुझाउनुपर्ने 

बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ । 
समानुपातिक उम्मेदवारको बन्द सूची २ र ३ असोजमा बुझाउनुपर्ने 

काठमाडौं, भदौ २६ : निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई दिएको छ । 

असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ ।  उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ । 

दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति: १८:५२ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्