Kathmandu Press

असोज ३ देखि दमौलीमा नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने

काठमाडाैं, भदाै २६ :  व्यास युवा क्लबको आयोजनामा असोज ३ गतेदेखि तनहुँको दमौलीमा नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। क्लबले आइतबार...
असोज ३ देखि दमौलीमा नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने

काठमाडाैं, भदाै २६ :  व्यास युवा क्लबको आयोजनामा असोज ३ गतेदेखि तनहुँको दमौलीमा नाइन ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। 

क्लबले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको गरी फुटबल प्रतियोगिता असोज ३ गतेबाट १० गतेसम्म हुने जानकारी दिएको हो।

दमौलीको बिपी वन बाटिकाको मैदानमा आयोजना हुने प्रतियोगितामा कुल ४२ टोलीले सहभागिता जनाउने क्लबका अध्यक्ष मीनबहादुर गुरुङले बताए।

नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग हुने उनले बताए। 

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रूपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्