Kathmandu Press

ललितपुर महानगरले बन्द गरायाे मञ्जुश्री पेट्रोल पम्प, बालेनकाे प्रभाव नपरेकाे दाबी

ललितपुर, भदाै २६ : ललितपुर महानगरपालिकाले लगनखेल बसपार्कनजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ।आइतबार महानगरको टोलीले केही संरचना हटाई तारजाली लगाएर...
ललितपुर महानगरले बन्द गरायाे मञ्जुश्री पेट्रोल पम्प, बालेनकाे प्रभाव नपरेकाे दाबी

ललितपुर, भदाै २६ : ललितपुर महानगरपालिकाले लगनखेल बसपार्कनजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ।

आइतबार महानगरको टोलीले केही संरचना हटाई तारजाली लगाएर पम्प बन्द गराएको हो। सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगरले नै बन्द गराएको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।

उनले महानगरभित्र रहेका अवैध संरचनाको शुभारम्भ गरिएको र अव महानगर कडा रुपमा प्रस्तुत हुने बताए। उनले आफूले पहिलो कार्यकालको दोस्राे वर्षदेखि नै अवैध संरचना हटाउने काम सुरु गरेको भन्दै ललितपुर महानगरमा बालेन साहको कामको कुनै प्रभाव नपरेको जिकिर गरे।

यसअघि महानगरले लगनखेलस्थीत आफ्नै भवनमा रहेको अवैध संरचना पनि हटाएको थियो। 

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्