कोरोनाका कारण थप २ जनाको मृत्यु, नयाँ संक्रमितकाे संख्या १०४
काठमाडाैं, भदाै २६ : पछिल्लाे २४ घन्टामा नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ५ सय ९२...
काठमाडाैं, भदाै २६ : पछिल्लाे २४ घन्टामा नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परीक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टिजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप २ सय १ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४० बजे, आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











