Kathmandu Press

नेपाली टिम छाड्ने अल्मुताइरीको घोषणा

नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, माया, पीडा र सद्भाव सबै भएको उनले उल्लेख गरेका छन्।
नेपाली टिम छाड्ने अल्मुताइरीको घोषणा

काठमाडाैं, भदाै २६ : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टिम छाडेका छन्। आइतबार दिएँसो फेसबुकमा स्टाटस खेल्दै अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका छन्।

‘५२५ दिनपछि नेपाली राष्ट्रिय फुटबल टिम छाड्ने घोषणा गरेको छु,’ अल्मुताइरीले फेसबुकमा लागेका छन् । यस्तै, उनले यो अवधिमा आफूलाई सहयोग गर्न सम्पूर्णलाई धन्यवाद दिएका छन्।

नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, माया, पीडा र सद्भाव सबै भएको उनले उल्लेख गरेका छन्।

खेलाडीसँगको विवादमा मुछिएपछि अल्मुताइरी अहिले कुवेतमै छन्। उनी एसियन कप छनोट खेलाएपछि उतै बसेका थिए । एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका १० सिनियर खेलाडीलाई टिमबाहिर राखेपछि उनी विवादमा आएका थिए।

त्यसपछि एन्फाले खेलाडी–प्रशिक्षक विवाद मिलाउनका लागि समिति गठन गरेको थियो । कार्यदलले एसियन कप छनोटपछि अलमुताइरीको विकल्प खोज्न सिफारिस गरेको थियो। कार्यदलले अलमुताइरीले एकतर्फी र चेन अफ कमाण्डभन्दा बाहिर गएर काम गरेको भन्दै प्रशिक्षकले जिम्मेवारी पूरा गर्दा चेन अफ कमाण्डको पालना गर्न सुझाव दिएको थियो।

लगत्तै एन्फामा नेतृत्व परिवर्तत भएपछि अल्मुताइरी संकटमा परेका थिए । नयाँ नेतृत्व आएलगत्तै एन्फाले अल्मुताइरीले कारबाही गरेका खेलाडीको कारबाही फुकुवा गरेको थियो भने अल्मुताइरीसँग पनि स्पष्टीकरण सोधेको थियो। तर, उनले एन्फालाई जवाफ भने दिएनन्।

एन्फा र अलमुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता छ। उनलाई खान र बस्न एन्फाले व्यवस्था गरे पनि तलब भने कतार फुटबल एसोसिएसनले उपलब्ध गराइरहेको छ।

यस्तै, एन्फा कुवेतमा रहेका अल्मुताइरीले नबोलाइ असोजमा हुने बंगलादेशविरूद्धकाे मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईं कार्यबहाक मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यसपछि अल्मुताइरी नेपाल नफर्कने अड्कल काटिएको थियो।


 

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्