Kathmandu Press

सुर्खेतको गोथीकाँडा क्षेत्रमा भीषण वर्षा, स्थानीयलाई सतर्क रहन आग्रह

पछिल्ला केही दिनयताको वर्षाले मुलुकका विभिन्न स्थानमा बाढीपिहिरो जाँदा धनजनको ठुलाे क्षति हुने सम्भावना बढेकाे छ।
सुर्खेतको गोथीकाँडा क्षेत्रमा भीषण वर्षा, स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं, भदौ २६ : जल तथा मौसम पूर्वानुमान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सुर्खेतको गोथीकाँडा र आसपासको क्षेत्रका बासिन्दालाई बाढीपहिराे जान सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

आइतबार अपराह्न सुर्खेतको गोथीकाँडा र आसपासको क्षेत्रमा पछिल्लो तीन घन्टामा भारी वर्षा मापन भएको जानकारी दिँदै महाशाखाले सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

‘सुर्खेतको गोथीकाँडा र आसपासको क्षेत्रमा पछिल्लो तीन घन्टामा भारी वर्षा मापन भएको ले सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले तटीय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाऔं,’ महाशाखाले जारी  गरेको सूचनामा भनिएको छ।

पछिल्ला केही दिनयताको वर्षाले मुलुकका विभिन्न स्थानमा बाढीपिहिरो जाँदा धनजनको ठुलाे क्षति हुने सम्भावना बढेकाे छ। शुक्रबार दार्चुलामा बाढीपहिराे जाँदा केहीकाे मृत्यु र केही बेपत्ता भएका थिए।   

प्रकाशित मिति: १६:२५ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्