तातोपानी नाकालाई खुला गर्न निरन्तर छलफल भइरहेको छ : परराष्ट्रमन्त्री
काठमाडौं, भदौ २६ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसंगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफुले निरन्तर चिनिया अधिकारीसंग छलफल गरिरहेको बताएका छन् ।आइतबार...
काठमाडौं, भदौ २६ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसंगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफुले निरन्तर चिनिया अधिकारीसंग छलफल गरिरहेको बताएका छन् ।
आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसंगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाइ सहज रुपमा सञ्चालनका लागि आफुले पटक पटक चिनिया अधिकारीसंग छलफल गरेको बताएका हुन् ।
उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भएपनि पछिल्लो समय देखिएको बिभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे। तीव्वतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उनले बताए। उनले आपूर्ति सहज गर्नका लागि आफु प्रयत्नरत रहने र सकारात्मक नतिजा निस्कने उल्लेख गरे।
त्यस्तै कांग्रेस नेता बस्नेतले नेपाली व्यापारिहरुले करौडौ लगानी गरेर सामान खरिद गरेर नेपाल भित्राउन नपाउँदा व्यवसायीहरु मर्कामा परेको बताए। उहाले नेपाल सरकारको पहलमा चीनले समान भित्राउन सहजीकर गर्ने विश्वास व्यक्त गरे।
सो क्रममा व्यवसायीहरुले बिनासकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लािग राज्यले गम्भीर भएर चीनसंग वार्ता गर्नुपर्ने बताएका थिए । यसअघि शनिबार केहि कन्टेनरहरु सो नाका हुँदै नेपाल भित्रिएका थिए।











