Kathmandu Press

कृष्णबहादुर महरा दाङ–२ बाट उम्मेदवार सिफारिस

दाङ, भदौ २६ : पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा दाङ क्षेत्रनम्बर २ बाट उम्मेदवार सिफारिस भएको छ । नेकपा माओवादी क्षेत्र नम्बर...
कृष्णबहादुर महरा दाङ–२ बाट उम्मेदवार सिफारिस

दाङ, भदौ २६ : पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा दाङ क्षेत्रनम्बर २ बाट उम्मेदवार सिफारिस भएको छ । 

नेकपा माओवादी क्षेत्र नम्बर २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो ।

सोही क्षेत्र नं। २ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ ।

योसँगै निर्वाचनमा पोखरेल र महराबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । ०७४ को चुनावमा भने दुवै जना साझा बाम गठबन्धनका उम्मेदवार बनेर चुनाव लडेका थिए ।

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्