सन्दीप अध्यागमन विभागको कालो सूचीमा, नेपाल आउनासाथ पक्राउ पर्ने
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा राखेको हो ।
काठमाडौं, भदौ २६ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा राखेको हो ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
सन्दीपलाई पक्राउ गर्न प्रहरीले अनुमति पाइसकेको छ । उनीविरुद्ध भदौ २३ मै काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो ।
सन्दीप क्यारेवियन प्रिमियर लिग ( सीपीएल) खेल्न वेस्ट इण्डिजमा थिए । उनी बलात्कारको आरोप लागेपछि लिगबाट पनि निस्कासित भइसकेका छन् भने नेपाल क्रिकेट संघले पनि सन्दीपलाई निलम्बन गरिसकेको छ ।
प्रकाशित मिति: १४:३१ बजे, आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











