गठबन्धन बैठक : सहमति खोज्ने प्रयास, भालिसम्म टुंगो लगाइने
काठमाडौं, भदौ २६ : सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा आधारित भएर थप सहमति खोज्ने प्रयास गरेको छ । प्रधानमन्त्री...
काठमाडौं, भदौ २६ : सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा आधारित भएर थप सहमति खोज्ने प्रयास गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन बैठकमा कार्यदलले बुझाइको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका बिषयमाथि सहमति खोज्ने प्रयास भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए।
कार्यदलले केही कुरा मिलाएको र धेरै बिषय मिलाउन बाँकी रहेको उनको भनाई छ । खनालले सोमबार बैठक बसेर अधिकांश बिषय टुङ्गो लगााउने जानकारी दिए।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन शिर्ष तहमा बुझाएको थियो। तर पटक पटक छलफल हुँदा पनि गठबन्धनले सिट बाँडफाँटलाई अन्तिम रुप दिन सकेको छैन।
प्रकाशित मिति: १४:१३ बजे, आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











