Kathmandu Press

अब सम्पूर्ण ध्यान विकास, समृद्धि, शान्ति र स्थायित्वमा केन्द्रीत गर्छौँ : प्रचण्ड

काठमाडौं भदौ २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव आफ्नो संकल्प बिकास र समृद्धि , शान्ति र स्थायीत्व भएको बताएका छन्...
अब सम्पूर्ण ध्यान विकास, समृद्धि, शान्ति र स्थायित्वमा केन्द्रीत गर्छौँ : प्रचण्ड
फाइल तस्बिर

काठमाडौं भदौ २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव आफ्नो संकल्प बिकास र समृद्धि , शान्ति र स्थायीत्व भएको बताएका छन् । 

आइतबार काठमाडौंमा दोश्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफुले राजनीतिक लडाइँको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेकाले अव सम्पूर्ण ध्यान संकल्प बिकास र समृद्धि , शान्ति र स्थायीत्वमा केन्द्रीत हुने बताएका हुन् । उनले आफ्नै नेतृत्वमा ठूला ठूला परिवर्तन स्थापित भएको र अब विकास र समृद्धिका लागि बाँकी जिवन व्यतित गर्ने चाहना रहेको जिकिर गरे । 

प्रचण्डले मुलुकको आर्थिक बिकासका लागि स्रोत र सधानको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे। नेपालको राजनीतिक वातावरण र नेतृत्वको इच्छाशक्तिको अभावका कारण स्रोत र साधनको प्रयोग गर्ने भिजन र योजना तथा कार्यक्रम बन्न नसकेको प्रचण्डले बताए । उनले अहिले आयात बढ्दै जानु निकै चिन्ताको बिषय भएको भन्दै कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा बृद्दि गर्नुपर्ने धारणा राखे। 

त्यस्तै प्रचण्डले मुलुकको बिकासका लागि भौतिक पूर्वाधार मात्रै नभई डिजिटल पूर्वाधार आवश्यक रहेकाले यसमा युवाहरुको बिशेष ध्यान जानुपर्ने बताए। 

 

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्