Kathmandu Press

सूचना टाँस गरेर स्थगित भयो राष्ट्रियसभा बैठक

काठमाडाैं, भदाै २६ : आजका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठक सूचना टाँस गरेर स्थागित गरिएको छ। बैकठ आज दिउँसो १२ः५९ बजे बस्ने तालिका...
सूचना टाँस गरेर स्थगित भयो राष्ट्रियसभा बैठक
फाइल तस्बिर ।

काठमाडाैं, भदाै २६ : आजका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठक सूचना टाँस गरेर स्थागित गरिएको छ। बैकठ आज दिउँसो १२ः५९ बजे बस्ने तालिका थियो, तर राष्ट्रियसभात सूचना टाँसगरेर तीन दिनका लागि बैठक स्थागित गरेको हो।

बैठक विशेष कारणले स्थगित गरिएकाे राष्ट्रियसभाले जनाएकाे छ। अब अर्को बैठक आगामी बुधबार दिउँसो १०ः५९ मा बस्ने छ । 

‘भदौ २६, आइतबार अपराह्न १२ः ५९ का लागि निर्धारण गरिएको संघीय संसद, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाको छ,’ राष्ट्रियसभाले टाँसोको सूचनामा भनिएको छ, ‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम भदौ २९ गते बुधबार बिहान १०ः ५९ बजे बस्ने गरी निर्धारण गरिएको छ ।’

यसअघि प्रतिनिधिसभाको बैठक पनि स्थगित गरिएको थियो । शनिबार लागि तय भएको प्रतिनिधिसभा बैठक पनि बुधबार नै बस्ने गरी स्थागित गरिएको थियो।

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्