Kathmandu Press

त्रिचन्द्र क्याम्पसमा प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान

काठमाडाैं, भदाै २६ : त्रिचन्द्र क्याम्पसमा प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान भएको छ। आइतबार बिहान नेविसंघको राष्ट्रपतिको पुत्ला दहन कार्यक्रममा प्रहरीले अवरोध गरेपछि...
त्रिचन्द्र क्याम्पसमा प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान

काठमाडाैं, भदाै २६ : त्रिचन्द्र क्याम्पसमा प्रहरी र विद्यार्थीबीच ढुंगा हानाहान भएको छ। आइतबार बिहान नेविसंघको राष्ट्रपतिको पुत्ला दहन कार्यक्रममा प्रहरीले अवरोध गरेपछि प्रहरी र नेविसंघका कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो।

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको विरोधमा नेविसंघले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको थियो। त्यसमा प्रहरीले हस्तक्षेत्रप गरेपछि दुवैपक्षबीच झडप भएको हो।

नेविसंघ कार्यकर्ताले त्रिचन्द्र क्याम्पसभित्रबाट प्रहरीलाई ढुंगा हानेका थिए भने प्रहरीले सोही ढुंगा नेविसंघका कार्यकर्तालाई नै प्रहार गरेका थिए । नेविसंघ कार्यकर्ता र प्रहरीबीचको ढुंगा हानाहानले सो क्षेत्रको यातायात ठप्प भएको छ।

प्रकाशित मिति: ११:११ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्