Kathmandu Press

सन्दीप आज नेपाल फर्कँदै

काठमाडाैं, भदाै २६ : नाबालिग बलात्कार आरोप लागेपछि निलम्बनमा परेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्कंदै छन्। गत साता सन्दीपमाथि...
सन्दीप आज नेपाल फर्कँदै

काठमाडाैं, भदाै २६ : नाबालिग बलात्कार आरोप लागेपछि निलम्बनमा परेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्कंदै छन्। गत साता सन्दीपमाथि १७ वर्षीय किशोरीले बलात्कार आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएपछि सन्दीप क्यारेबियन प्रियिमर लिग बीचमै छाडेर नेपाल फर्कन लागेका हुन्।

सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ। पक्राउ पूर्जी जारी भइसकेकाले जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्ने प्रहरीले जनाएको छ।

सन्दीपविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले एक होटलमा लगेर आफूमाथि पटक–पटक जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्।

प्रारम्भिक अनुन्धानपछि प्रहरीले गत बिहीबार सन्दीपमाथि पक्राउ पुर्जी जारी गरेको थियो। लगत्तै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले पनि राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।

क्यानले निलम्बन गरेलगत्तै सन्दीपले सामाजिक सञ्जालमार्फत आफू निर्देष भएको भन्दै नेपालको कानुन मान्ने र सबै कुराको सामना गर्ने बताएका थिए।

सन्दीपले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका थिए । सन्दीपले क्यानसँग कानुनी सहायताका लागि आग्रह गरेका थिए।

 

 

 

प्रकाशित मिति: ११:०३ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्